आँखाभित्र बसेर
आँसु बनी बगे
मुटुभित्र पसेर
भावना बनी पोखिए
बगेका आँसुलाई आत्मसाथ गर्न सकिएन
पोखिएका भावनालाई शब्दमा ढाल्न सकिएन
आँसु-भावना प्रस्फुटित भईइरहे
तर अर्थ बन्न सकेनन्
शब्दका श्रव्यविहीनताभित्रका
गुञ्जाई भए यी
रितिएका मुटुभित्रका
भावना भए यी
भरिएका पानाभित्रका
खालीपना भए यी
अद्श्य छाँयाभित्रका
द्ष्टी भए यी
अर्थ हुँदाहुँदै पनि
अर्थहीन भए
यी मेरा श्रव्यविहीन शब्द
सरल हुँदहुँदै पनि जटिल भए
यी मेरा श्रव्यविहीन शब्द
Subscribe to:
Post Comments (Atom)
1 comment:
nice poem Anjana g. Tapain haru ko srijan silata dekhera bastav mai danga bhaeko 6u ma pani.
Post a Comment