Thursday, July 24, 2008

नितान्त एक्लोपनाभित्रको म
सारा संसारबाट टाढा
आफ्नै अन्त्यहीन सोचाईभित्र
आफ्नै बेग्लै संसारभित्र
कल्पनामा तैरिंदै
भावनामा उर्लिंदै
भित्रभित्रै खोक्रिएको
भित्रभित्रै च्यातिएको
हजार टुक्रामा च्यातिएझै
हजार टुक्रामा बाँडिएझै
बेग्लै संसारमा हराएझै
यो संसारबाट बिलाएझै
बौलट्टीपनभित्रको म
चेतनशील पगलभित्रको म
असम्भवताको आशमा
जिउँदो लाशमा
झल्केको म
मर्दै बाँच्दै गरिरहेको म
टुक्रिएर जोडिएझै
ठाउँ-ठाउँमा चर्केको म
अन्त्यहीन जोडाईबाट
पटक-पटक तर्केको म
आफैभित्र हराइरहेको म
आफुभित्र आफुलाई नै खोजिरहेको म

7 comments:

Niraj said...

Though I don't understand most of the poems, but I think I understood this one. We want to see/read your next publication.

Keep it up!!!

A red scarf said...

संबेदनशिल म, चेतनशिल म
मायालु म, रिसालु म
चिसो मन तर न्यानो म
सबैको साथमा भएर तर पनि एक्लो म......

R K A said...

I am not too sure how I stumbled upon your blog! In any case, after reading your poem I had to comment. Like the saying goes, if one could know oneself, one could know the universe.

Keep it up!

Kalpana Kiran said...
This comment has been removed by a blog administrator.
Dibyendra Hyoju (दिव्येन्द्र ह्योजु) said...

Heartfelt poems are always good which shines with the brilliance. Very good one!

-Dib

Reality Bites, Nepal said...

nice poem ! .....keep it continue !

Gaurab Bhandari said...

been a long time since i've read your poem, but this one's too good......keep it up